logo
२०८१ बैशाख ८ शनिवार



योशिहिदे सुगा जापानका प्रधानमन्त्री निर्वाचित

अन्तर्राष्ट्रिय |


योशिहिदे सुगा जापानका प्रधानमन्त्री निर्वाचित
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत् साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा सुगा सत्तारुढ दलको तर्फबाट बाँकी रहेको कार्यकाल पुरा गर्नुहुनेछ । बुधबार साँझ आफ्नो अन्तिम मन्त्रीपरिषद्को बैठक बसेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियामा आठ वर्षे कार्यकाल निकै उपलब्धीमूलक भएको र आफू गर्विलो अनुभूति गरेको बताउनुभएको थियो ।
जापानको तल्लो सदनमा सत्तारुढ दल कन्जरभेटिभ लिबेरल डेमोक्रयाटिक पार्टीको बहुमत छ । बीबीसीका अनुसार इम्पेरियल पैलेसमा आयोजना हुने एक समारोहका बीच सुगाले सवैंधानिक रुपमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?