logo
२०८१ बैशाख ११ मंगलवार



भारतमा कोरोना सङ्क्रमित पचास लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना सङ्क्रमित पचास लाख नाघ्यो
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने पचास लाख नाघेको छ । सङ्क्रमण अन्य राष्ट्रहरुको अपेक्षा अत्यन्तै तिब्र गतिमा फैलिएको भारतमा लगातार पाँच दिनदेखि दैनिक ९० हजार सङ्क्रमित थपिएका छन्् ।
बीबीसीका अनुसार भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म ८० हजारभन्दा बढी ब्यक्तिले ज्यान गुमाएका छन् । अक्सिजनको आपूर्ति र आईसीयूको अभाव देखिएको छ । सङ्क्रमित संख्या उच्च रहेपनि सङ्क्रमणबाट हुने मृत्युदर अन्य राष्ट्रहरुको अपेक्षा कम देखिएको छ । पछिल्लो एक सातामा मात्रै कम्तिमा छ लाख सङ्क्रमित पुष्टि भएको छ ।
बीबीसीका अनुसार बुधबार बिहानसम्म भारतमा कुल सङ्क्रमित पचास लाख २० हजार ३५९ दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै ९० हजार १२३ जना सङ्क्रमित थपिएका छन् ।
गत् अप्रिल महिनामा दैनिक ७५० टन अक्सिजनको खपत हुँदै आएकोमा सेप्टेम्बर लागे यता दैनिक दुई हजार सात सय टन अक्सिजनको खपत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?