logo
२०८१ बैशाख ४ मंगलवार



राष्ट्रपति पुटिनका आलोचक नाभाल्नी रुस फर्किने

अन्तर्राष्ट्रिय |


राष्ट्रपति पुटिनका आलोचक नाभाल्नी रुस फर्किने
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३० गते । विषाक्त खुवाइएका रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी रुस फित्र्ता हुनुहुने भएको छ । नाभाल्नीकी प्रवक्ता किरा यारमिशले रुस फर्किनु अतिरिक्त अन्य कुनै विकल्पमाथि कहिले नसोचिएको बताउनुभयो ।
अलेक्सी नाभाल्नी जर्मनीको बर्लिनस्थित च्यारिटि अस्पतालमा उपचाररत हुनुहुन्छ । बीबीसीका अनुसार उहाँकी प्रवक्ता यारमिशले नाभाल्नी रुस बाहिर रहने बारे कसरी कसैले सोच्न सकेको बारे आफू स्तब्ध भएको बताउनुभयो । गत् अगष्ट २० मा साइबेरियामा विमान चढ्नुभएका उहाँ विमानमै बेहोस हुनुभएको थियो ।
फ्रान्सेली र स्वीडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन नोभिचोक खानामा मिसाएर खुवाएर बेहोस गरिएको पुष्टि भएको थियो । यूरोपेली राष्ट्रहरुले नाभाल्नी विरुद्ध रुसी सत्ता पक्षको संलग्नता रहेको दाबी गर्दै आएको छ । क्रेमिलिनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
कृत्रिम श्वास हटाइएपछि नाभाल्नीले इन्स्टाग्राममा लेख्नुभएको छ, “म नाभाल्नी हो, तपाईहरुसँग छुट्टिएको महसुस गर्दैछु, हिजो कृत्रिम श्वास हटाएपछि दिनभरि आफैं श्वास लिन भ्याएँ ।” नाभाल्नीको उपचार भइरहेको अस्पताल बाहिर धेरै संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?