logo
२०८० चैत्र १६ शुक्रवार



मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या

अन्तर्राष्ट्रिय |


मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या


वामाको, भदौ २७ गते।
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना नराम्ररी घाइते भएका बताइएको छ ।
सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए ।
उनीहरुले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो । उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?