logo
२०८० चैत्र १६ शुक्रवार



जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे

अन्तर्राष्ट्रिय |


जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिना दिनुभएको छ । उहाँले स्वास्थ्य प्रतिकुलताको कारणले आफू राजिनामा दिएको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, “मेरो स्वास्थ्य प्रतिकुलताले निर्णय लिने प्रकृया प्रभाबित होस म चाहन्न, कार्यकालको पुरा अवधि बिताउन नसकेकोमा जापानका जनतासँग माफी माँग्छु ।”यसअघि शुक्रबार बिहान उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरुले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका थिए ।
आबे लामो समयदेखि अलसेराइटिभ कोलाइटिस(आन्द्रा)को रोगबाट ग्रसित हुनुहुन्छ । पछिल्लो समयमा उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि उहाँ अस्पताल भर्ना भएर उपचाररत हुनुहुन्छ । जापानको सामुदायिक प्रसारक एनएचकेले ६५ वर्षीय आबेले आफ्नो स्वास्थ्य अवस्थाले सरकारको कामकारबाहीमा प्रभाब पर्न नहुने इच्छा ब्यक्त गर्नुभएको उल्लेख गरेको थियो ।
गत् साता मात्रै उहाँ जापानमा लगातार लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने इतिहास बनाउनुभएको छ । उहाँ सन् २०१२ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सन् २००७ मा पनि उहाँ ठूलो आन्द्राको रोगको कारणले प्रधानमन्त्रीको जिम्मेवारीबाट राजिनामा गर्नुभएको थियो । किशोरावस्थादेखि नै उहाँ ठूलो आन्द्राको रोगबाट ग्रसित हुनुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँ कट्टर रुढीवादी र राष्ट्रवादी छबीका नेता हुनुहुन्छ ।
उहाँले जापानको आर्थिक वृद्धिका लागि आक्रामक नीति अँगालेपछि जापानको आर्थिक उन्नतीलाई ‘आबेइकोनोमिक्स’ पनि भन्ने गरिन्छ । जापानको रक्षा क्षेत्रलाई सुदृढ बनाउन समेत उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।
एक साताभित्र उहाँले दुई वटा अस्पतालमा उपचारका लागि भ्रमण गर्नुभएको छ । जसले उहाँको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न आँकलन गरिएको छ । उहाँ सेप्टेम्बर २०२१ सम्मका लागि प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

आबेले राजिनामा गरेपछि उहाँको पार्टी एलडीपीमा अध्यक्ष पदको लागि निर्वाचन हुनेछ । लगत्तै नयाँ प्रधानन्त्रीको लागि संसदीय दलमा मतदान हुने बीबीसीले जनाएको छ । संसदीय दलको नेताले आबेको कार्यकाल सेप्टेम्बर २०२१ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?