logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा एक पत्रकारको हत्या   

अन्तर्राष्ट्रिय |


भारतमा एक पत्रकारको हत्या   
तस्विर-फाइल


बालिया, उत्तरप्रदेश   
भदौ ९ गते। भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।    
    
प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।    
    
हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन् ।    
बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?