logo
२०८० चैत्र १५ बिहीवार



नेकपा विवाद समाधानका लागि  छ सदस्यीय कार्यदल गठन   

मुख्य समाचार |


नेकपा विवाद समाधानका लागि  छ सदस्यीय कार्यदल गठन   


काठमाडौंँ, साउन ३० गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ ।    
 दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे हुनुहुन्छ ।    

याे पनि पढ्नुहाेस्

बालुवाटारमा पुनः वार्ता, महासचिव र दुई स्थायी कमिटी सदस्य सहभागी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?