logo
२०८१ बैशाख ४ मंगलवार



विश्वमा कोरोना भाइरस सङ्क्रमित हुने दुई करोड नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमित हुने दुई करोड नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड
साउन २६ गते । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख नाै हजार ६३१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?