logo
२०८० चैत्र १५ बिहीवार



खोलाले बगाएर पाँच वर्षीया बालिका बेपत्ता

खुला |


खोलाले बगाएर पाँच वर्षीया बालिका बेपत्ता
सांकेतिक तस्बिर


शेरबहादुर सार्की

बाजुरा, साउन २३ गते । बाजुराको पूर्वाेत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा शुक्रबार बिहान खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं –५ कवाडी बस्ने पाँच वर्षीया इशु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


बालिका बिहान ९ बजे घरबाट गाउँ नजिकैको रहेको खोलाको धाराबाट पानी ल्याउन गएको समयमा माथिबाट एक्कासि आएको बाढीले बगाएपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताउनुभयो ।

बेपत्ता भएको जानकारी पाएलगत्तै बिच्छ्या प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी रोकायाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?