logo
२०८१ बैशाख १३ बिहीवार



अस्पतालको सघन कक्षमा आगलागी, आठ बिरामीको मृत्यु

अन्तर्राष्ट्रिय |


अस्पतालको सघन कक्षमा आगलागी, आठ बिरामीको मृत्यु
तस्विर–इन्डियन एक्सप्रेस


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २२ गते । पश्चिमी भारतीय शहर अहमदाबादको एक अस्पतालको सीसीयूमा आगलागी हुँदा आठ जना बिरामीको मृत्यु भएको छ । वरिष्ठ अग्नी नियन्त्रक राजेश भट्टले एक जना स्वास्थ्यकर्मीको पीपीइमा ‘शर्ट सर्किट’पछि आगो समातेपछि सघन कक्षमा आगलागि भएको बीबीसीलाई बताउनुभएको हो । उहाँले भन्नुभयो, “पीपीइमा आगलागी भएपछि त्रसित स्वास्थ्यकर्मी सघन कक्षमा दौड्न थाले, परिणामस्वरुप सघन कक्षभरि आगलागी हुन पुग्यो ।” घटना बिहीबार बिहान तीन बजे भएको हो ।
अहमदाबाद प्रहरीले अस्पतालका निर्देशकलाई नियन्त्रणमा लिएर सोधपूछ जारी राखेको छ । करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो । भट्टका अनुसार अस्पतालमा भर्ना भएका ४० जनलाई बिरामीलाई अन्यत्र सारिएको छ । उहाँले आफूसँग अन्य अग्नी नियन्त्रकहरू कोभिड–१९ बिरामीको सम्पर्कमा आएकोले क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरात राज्यका मुख्यमन्त्री विजय रुपालीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?