logo
२०८० चैत्र १६ शुक्रवार



विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या छ लाख ९२ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या छ लाख ९२ हजार नाघ्यो


जेनेभा, स्वीट्जरल्याण्ड, साउन  १९ गते । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सङ्गठनका अनुसार सोमबारसम्म विश्वभरिमा एक करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितहरूमध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख तीन हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नाै लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?