logo
२०७७ श्रावण ३१ शनिवार

विश्वभरि मृत्यु भएकाहरूको सङ्ख्या छ लाख ८९ हजार

अन्तर्राष्ट्रिय |


2020-08-02-19682


बेइजिङ, साउन १८ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट छ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कुल सङ्क्रमितको सङ्ख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी, अमेरिकामा मृतकको सङ्ख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?