logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोनाबाट एकैदिन ५७ हजारभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाबाट एकैदिन ५७ हजारभन्दा बढी सङ्क्रमित


नयाँदिल्ली, साउन १७ गते ।
भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । यो सङ्ख्या एकैदिन सङ्क्रमित भएकामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरूले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरि कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरूको सङ्ख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेबसाइटमा उल्लेख भए अनुसार कुल सङ्क्रमितमध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरूले जनाएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । तीमध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाले सबैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिले पनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरूको सङ्ख्या १९ हजार ९९४ रहेको छ ।
मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?