logo
२०८० चैत्र १५ बिहीवार



ताइवानका पूर्वराष्ट्रपति लीको निधन

अन्तर्राष्ट्रिय |


ताइवानका पूर्वराष्ट्रपति लीको निधन
तस्विर–द स्ट्रेट टाइम्स


ताइपेई, साउन १६ गते । ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि अशक्त रहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।
ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्वराष्ट्रपति लीका शरीरका भित्री अङ्गहरूले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरूलाई जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति हुनुहुन्थ्यो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?