logo
२०८० चैत्र १५ बिहीवार



डीएसपीसहित आठ प्रहरीको हत्याका अभियुक्त दुबे पक्राउ

अन्तर्राष्ट्रिय |
फिचर |


डीएसपीसहित आठ प्रहरीको हत्याका अभियुक्त दुबे पक्राउ
तस्विर सौजन्य–मध्यप्रदेश प्रहरी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २५ गते । प्रहरीले एक डीएसपीसहित आठ प्रहरी अधिकारीको हत्याका अभियुक्त विकास दुबेलाई भारतको मध्यप्रदेशबाट पक्राउ गरेको छ । खोजी सूचीमा रहेका दुबेलाई पक्रन उसको घर गएको प्रहरी टोलीमाथि गत शुक्रबार आक्रमण गरिएको थियो । उक्त घटनामा डीएसपीसहित आठ प्रहरीको मृत्यु भएको थियो । घटनालगत्तै दुबे फरार भएका थिए । प्रहरी पुग्नुअघि नै दुबेलाई समात्न गइरहेको सूचना दिने प्रहरी इन्स्पेक्टरलाई समेत नियन्त्रणमा लिइएको छ ।
बिहीबार बिहान भारतको मध्यप्रदेशस्थित उज्जैन शहरबाट दुबेलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । उज्जैन शहरस्थित एक मन्दिरअगाडिको पसलमा देखा परेलगत्तै स्थानीय एक व्यवसायीले प्रहरीलाई दुबे देखिएको सूचना दिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मन्दिरबाट बाहिर निस्केलगत्तै प्रहरीको टोलीले दुबेलाई पक्राउ गरेको हो । मध्यप्रदेश प्रहरीले शुक्रबार नै दुबेलाई उत्तरप्रदेश प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा दुई जना नाइकेको मृत्यु भइसकेको छ ।
दुबेविरुद्ध हत्याको प्रयाससहित ६० वटा अपराधिक घटनाका मुद्दा चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?