logo
२०८० चैत्र १५ बिहीवार



कोरोना प्रतिकार्य प्राथमिकतामा

राष्ट्रिय |


कोरोना प्रतिकार्य प्राथमिकतामा


नगेन्द्र सापकोटा

काठमाडौँ, असार २४ गते । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस क्रममा उपत्यकाका अन्य नगरपालिकासँग सहकार्य गर्दै कोरोना नियन्त्रण गरिने गरी नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
महानगरपालिकाको महानगर सभाले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा कोरोना प्रतिकार्यलाई उच्च प्राथमिकता दिएको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुुभयो । महानगरपालिकाले लामो छलफलपछि आएका सुुझावहरू समेट्दै नीति कार्यक्रम र बजेट पारित गरेको हो ।
आगामी वर्षका लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपियाँको बजेट असार १० गते महानगर सभामा पेस गरिएको थियो । असार ४ गतेदेखि सुरु भएको महागनगर सभामा पर्याप्त छलफल गरी बजेट पारित गरिएको हो । नगरप्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बजेट र विनियोजन विधेयक पेस गर्नुभएको थियो ।
असार २१ गते बसेको सभाले आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको महानगरपालिकाले जनाएको छ । त्यसअघि असार १८ गतेको नगर सभाले आर्थिक विधेयकमाथि छलफल गरी पारित गरेको थियो । उहाँका अनुसार महानगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ प्रतिकार्यका साथै महानगरका सदस्यले विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम अगाडि बढाइने छ ।
छलफलका क्रममा आएका सुुझावहरूलाई सम्बोधन गरिएको जनाइएको छ । योजनामा पुग्ने रकम छुट्याउनु पर्ने, सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्नुपर्ने, पार्क निर्माणमा रकम थप गर्नुपर्ने, दोहोरिएका योजना हटाउनुपर्ने र वडा समितिबाट पठाएका सबै योजना समेट्नुपर्ने लगायतका सुझाव दिएका थिए । “आएका सुुझावलाई समेटिएको छ”, सूूचना अधिकारी आचार्यको भनाइ छ ।
महानगरको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक, आर्थिक विकास, केन्द्रीय योजना र वडास्तरीय योजनाको एकीकृत प्रारूप वडालाई जानकारी गराउनुपर्ने सुझावलाई महानगरपाकिाले सकारात्मक मानेको छ । नयाँ नीतिअनुसार महानगरपालिकाले सेवा प्रवाहमा उच्च प्राथमिकता दिने छ ।
कर्मचारीको आत्मबल वृद्धि गराई सेवा प्रवाहलाई सहजगता प्रदान गर्ने, सहरी स्वास्थ्य सुधार समावेशी कार्यक्रम सञ्चालन गर्ने गरी सुझावलाई समेटिएर लैजाने जनाइएको छ । नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार गर्ने, उद्यमशीलता र रोजगार प्रवद्र्धन गर्ने कुरालाई उच्च प्राथमिकता दिइएको छ ।
महानगरको आफ्नै सुविधासम्पन्न ५० शøयाको अस्पताल निर्माणका लागि आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरभित्र सञ्चालनमा रहेका सम्भाव्य सामुदायिक अस्पताललाई महानगरको अस्पतालका रूपमा सञ्चालन गर्ने नीति बनाइएको छ । त्यस्तै स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको व्यवस्था गर्ने, वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने नीति बनाएको जनाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?