logo
२०८० चैत्र १६ शुक्रवार



ताज महल पर्यटकका लागि खुलाउने निर्णय स्थगित

अन्तर्राष्ट्रिय |
पर्यटन |


ताज महल पर्यटकका लागि खुलाउने निर्णय स्थगित
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । भारतको प्रमुख पर्यटकीय गन्तब्य ताज महल पर्यटकका लागि तत्काल नखुल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका बीच तीन महिनादेखि बन्द रहेको ताज महल सोमबारबाट खुल्ने तय गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भारतमा भाइरसबाट सङ्क्रमित हुने संख्या दैनिक जसो बढ्दो क्रममा रहेपछि स्थानीय अधिकारीहरुले भारतको आगरा शहरस्थित ताज महल नखुलाउने निर्णयमा पुगेका हुन । ताज महल भ्रमणमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म यथावत रहने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । गत् मार्च महिनाको अन्तिम साता भारतमा लकडाउन सुरु भए यता पर्यटकीय स्थलहरु बन्द अवस्थामा छन् ।
सङ्क्रमित हुनेको संख्या एक सय समेत नहुँदा भारतको उत्तरप्रदेशस्थित आगरा शहरमा इटालीबाट आएका १५ जना पर्यटकमा पहिलोपटक कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लगत्तै आगरा शहर सङ्क्रमणको ‘हटस्पट’को रुपमा परिणत भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?