logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित
तस्विर-फाइल


नयाँ दिल्ली, असार २१ गते । कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।
दैनिक रुपमा सङ्क्रमित हुनेहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।
तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । तीमध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र राज्य नै रहेकाे छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिलनाडु प्रदेशमा एक लाख सात हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?