logo
२०८१ बैशाख ८ शनिवार



बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु , दर्जनौं बेपत्ता 

अन्तर्राष्ट्रिय |


बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु , दर्जनौं बेपत्ता 


 ढाका , असार १५ गते। बङ्गलादेशको राजधानी ढाकाक बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।    
सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।    
दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिनुभएको छ । दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताउनु भएको छ । उद्धारकार्य जारी रहेको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?