logo
२०८० चैत्र १६ शुक्रवार



महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी: अध्ययन

अन्तर्राष्ट्रिय |


महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी: अध्ययन


वासिङ्टन डिसी, असार १५ गते ।
कम विकसित मुलुकका महिलाहरूले हातमा स्मार्ट फोन लिनाले उनीहरूको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । पछाडि परेका महिलाहरूको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ ।
म्याकगिल विश्वविद्यालय, अक्फोर्ड विश्वविद्यालय र बोकोनी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । स्मार्ट मोबाईल फोनका कारण महिलाहरूमा बहुआयामिक विकास भएको र उनीहरूको अवस्थामा सुधार आएको अध्ययनले देखाएको छ ।
गरिबी न्युनिकरण, स्वास्थ्य सुधार र लैङ्गिक समानताका लागि पनि स्मार्ट फोनले सहयोग पुर्याएको अध्ययनकर्ताहरूले बताएका छन् । अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरू अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरूले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका हुन् ।
स्मार्ट मोबाइल फोन प्रयोग नगर्ने भन्दा प्रयोग गर्ने महिलाहरू निर्णायक भूमिकामा हुने सम्भावना बढी पाइएको छ । अध्ययनकर्ताहरूका अनुसार स्मार्ट फोन प्रयोग गर्ने महिलाहरूले आफ्नो मोबाइल सेटको अभावमा पनि यसलाई चलाउने ज्ञान प्राप्त गर्ने गरेको र यसका कारण पुरूषहरूको तुलनामा उनीहरूमा प्रविधिको ज्ञान स्वभाविकरुपमा कमी रहेको जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?