logo
२०८० चैत्र १५ बिहीवार



भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र उहाँकी पत्नीलाई पाँच वर्षको कैद सजाय

अन्तर्राष्ट्रिय |


भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र उहाँकी पत्नीलाई पाँच वर्षको कैद सजाय


पेरिस, असार १५ गते ।
फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उहाँकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रुपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उहाँलाई दोषी ठहर गरेको हो ।
फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख युरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो । यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हट्नुभएको थियो ।
अदालतले पूर्वप्रधानमन्त्री फिलोनलाई पाँच र पेनिलपलाई तीन वर्ष जेल सजायसहित दुवै जनालाई तीन लाख ७५ हजार युरो जरिवाना तोकेको छ । साथै गैर–कानुनीरूपमा लिएको उक्त दश लाख युरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?