logo
२०८० चैत्र १५ बिहीवार



कोरोना सङ्क्रमणबाट बङ्गलादेशका रक्षा सचिवको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना सङ्क्रमणबाट बङ्गलादेशका रक्षा सचिवको मृत्यु
तस्विर-द् इन्डियन एक्सप्रेस


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १५ गते । कोरोनाभाइरसबाट सङ्क्रमित बङ्गलादेशका रक्षा सचिवको मृत्यु भएको छ । रक्षा सचिव अब्दुल्लाह अल मोहसिन चौधरीको सोमबार मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।
ढाका ट्रिब्युनका अनुसार रक्षा सचिव चौधरी ढाकास्थित संयुक्त सैन्य अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो । रक्षा मन्त्रालयका प्रशासकीय अधिकृत मोहम्मद भसानी मिर्जाका अनुसार मई २६ मा अस्पताल भर्ना हुनुभएका चौधरीमा जुन ६ मा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । जुन १८ मा उहाँलाई इन्टेन्सिभ केयर यूनिट(आईसीयू)मा भर्ना गरियो । अवस्था नियन्त्रणमा नआएपछि उहाँको सोमबार बिहान दश बजे मृत्यु भएको हो ।
बङ्गलादेशमा एक लाख ३७ हजार कोरोनाभाइरसका सङ्क्रमित छन् । एक हजार ७३८ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?