logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण, कारबाहीमा चार जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण, कारबाहीमा चार जनाको मृत्यु
तस्विर-अलजजिरा


कराँची, असार १५ गते । बन्धुकधारीहरूले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ ।

कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिनुभयो । उहाँले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिनुभयो ।
एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ । कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरूले बेलाबखत विपक्षी नेताहरू तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ ।
तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरूमा निकै सुधार भएको छ । पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा सञ्चालित आपराधिक गिरोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो ।
पाकिस्तानमा अखडा बनाएका अल–कायदा र तालिबान समर्थित पाकिस्तानी लडाकुले पाकिस्तानका कुनै पनि क्षेत्रमा आक्रमण गर्ने सामर्थ्य राख्ने सुरक्षाविज्ञहरूको भनाइ छ ।
स्थानीय महानगरका अधिकारीहरूका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आपराधिक समूहले गरेको ग्रिनेड आक्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
सन् २०१८ मा पृथकतावादी लडाकु समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा दिउँसो गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?