logo
२०८१ बैशाख १२ बुधवार



अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसको महामारीले कठिन समय निम्त्यायोः इरानी राष्ट्रपति रौहानी

अन्तर्राष्ट्रिय |


अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसको महामारीले कठिन समय निम्त्यायोः इरानी राष्ट्रपति रौहानी
तस्विर-द् स्टेट्सम्यान


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १४ गते । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसका कारण इरान कठिन परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । अमेरिकाले सन् २०१८ मा इरानसँगको परमाणु सम्झौता रद्द गरी प्रतिबन्ध लगाएको थियो ।
द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार राष्ट्रपति रौहानीले टेलिभिजन सम्बोधनको क्रममा शत्रुको आर्थिक दबाव र महामारीले यो वर्ष अत्यन्तै कठिन अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१८ मा सुरु भएको आर्थिक दबाव बढ्दैगएको छ र अहिलेको दबाव झेल्नै नसक्नेगरी थपिएको छ ।”
मध्य अप्रिलमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित फेला परेको इरानमा दुई महिनापछि पनि दैनिक एक सयभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु हुँदैआएको छ । इरानमा पछिल्लो २४ घण्टामा दुई हजार ४८९ नयाँ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमित दुई लाख २२ हजार ६६९ पुगेको छ । इरानमा पछिल्लो २४ घण्टामा १४४ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार ५०८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?