logo
२०८१ बैशाख १३ बिहीवार



अष्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ को महिला विश्वकप फुटबलको आयोजना गर्ने

अन्तर्राष्ट्रिय |


अष्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ को महिला विश्वकप फुटबलको आयोजना गर्ने
तस्विर बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, असार १२ गते । सन् २०२३ को महिला फुटबल विश्वकपको आयोजना न्युजिल्याण्ड र अष्ट्रेलियाले गर्ने भएको छ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले सन् २०२३ को महिला विश्व कपको आयोजना न्युजिल्याण्ड र अष्ट्रेलियाले गर्ने जनाएको छ ।
गत् जुन महिनामा ब्राजिल र जापानले आफ्नो आयोजनाको दाबी फित्र्ता लिएपछि कोलम्बिया एक मात्रै स्पर्धी रहन गएको थियो । सन् २०२३ को महिला विश्वकपमा ३२ टोली सहभागी हुनेछन् । यसअघि २४ टोली सहभागी हुँदै आएको थियो । सन् २०२३ को महिला विश्वकप जुलाईदेखि अगष्टसम्म आयोजना हुनेछ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अत्यन्तै कडा स्पर्धाका बीच न्युजिल्याण्ड र अष्ट्रेलियाले आयोजना पाएको बताउनुहुँदै अष्ट्रेलिया र न्युजिल्याण्डलाई शुभकामना दिनुभयो । ३५ मतमध्ये आयोजना पाएको दुबै राष्ट्रले २२ मत पाएको थियो । कोलम्बियाले १३ मत पायो ।
अष्ट्रेलिया र न्युजिल्याण्डले महिला फुटबल विश्वकपको आयोजनाको तयारीका लागि एक अर्ब अमेरिकी डलर पाउनेछन् । गत् वर्ष सम्पन्न फुटबलको उक्त संस्करण फ्रान्सले आयोजना गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?