logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरसबाट विश्वमा चार लाख ९१ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख ९१ हजारभन्दा बढीको मृत्यु
तस्विर-फाइल


जेनेभा, स्वीट्जरल्याण्ड
असार १२ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ९१ हजार ९०१ पुगेको छ । साथै विश्वभर ९७ लाख १७ हजार ५३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६२५ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५७ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख चार हजार ६७६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २६ हजार ७८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा तीन लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?