logo
२०८१ बैशाख १३ बिहीवार



आइफेल टावर १०४ दिनपछि खुल्यो

अन्तर्राष्ट्रिय |
पर्यटन |


आइफेल टावर १०४ दिनपछि खुल्यो


पेरिस, असार ११ गते । कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?