logo
२०८१ बैशाख ७ शुक्रवार



अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु
तस्विर-फाइल


मजार ई सरिफ, अफगानिस्तान
जेठ २८ गते। अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकूहरु रहेको बताइएको छ ।

उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको ज्यान गएको हो । साथै सो जिल्लाका स्थानीय मिलिसिया चार जनाको ज्यान गएको हो । उनीहरु सरकार समर्थित समूहका लडाकू रहेका थिए ।

सो बम तालिबान लडाकू समूहले विस्फोट गराएको हो । उनीहरुका विरुद्ध यहाँको सरकारका समर्थित केही समूह सक्रिय रहेकोले तिनका विरुद्धमा उनीहरुले विगतदेखि नै यस्तो खालको हिंसात्मक हमला गर्दै आएका छन् ।

तालिबानको प्रवक्ता जबिउल्लाह मुजाहिदले सो आक्रमणको जिम्मेवारी लिएका छन् । उनले स्थानीय सरकारहरुले लडाकू समूह खडा गरेर तालिबानका विरुद्धमा आक्रमण गर्न भनेकोले सो बम विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा सरकार र तालिबानबीच शान्ति वार्ता हुने भनिएको भए पनि अझै पनि त्यसको सुरुवात भएको छैन । अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा तालिबानहरु पनि शान्ति वार्तामा आउने सम्झौता भएको थियो ।

यसैकारण अफगानिस्तानको सरकारले तालिबानहरुकै मागअनुसार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तथा अफगान सरकारले जेलमा रहेका तालिबानलाई मुक्त गर्ने तयारी थालेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?