logo
२०८० चैत्र १५ बिहीवार



कोरोना भाइरसबाट विश्वमा चार लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी सङ्क्रमित


जेनेभा, स्वीट्जरल्याण्ड
जेठ २८ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख १३ हजार ७६० पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख छ हजार ९० जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३३ लाख छ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुपेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा ५२ हजार ८५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । एक लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८० हजार २०८ को मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३६ हजार ४१५ जनाको मृत्यु भएको छ । अफ्रिकामा दुई लाख पाँच हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने पाँच हजार ५६८ जनाको मृत्यु भएको छ ।
ओसियानामा आठ हजार ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?