logo
२०८१ बैशाख ७ शुक्रवार



सर्वाेच्चको आदेशलगत्तै ब्राजिलले कोरोनाबारे सूचना दिने वेबसाइट सुचारु गर्यो

अन्तर्राष्ट्रिय |


सर्वाेच्चको आदेशलगत्तै ब्राजिलले कोरोनाबारे सूचना दिने वेबसाइट सुचारु गर्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २८ गते । ब्राजिलले कोरोनाभाइरससँग सम्बन्धित तथ्याङ्क समेटिएको वेबसाइटलाई सुचारु गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले वेबसाइटमार्फत् सङ्क्रमितको सङ्ख्या, मृत्युलगायत तथ्याङ्क समेटिएको जानकारी सार्वजनिक गर्न शनिबारदेखि बन्द गरिएको थियो ।
ब्राजिली सर्वाेच्च अदालतले आदेश गरेको केही घण्टा नबित्दै उसले वेबसाइट पुनः सञ्चालनमा ल्याइएको हो । न्यायाधीश अलेक्जेन्ड्रा डी मौरिसले स्वास्थ्य मन्त्रालयलाई सामुदायिक स्वास्थ्यको हित जोडिने हुनाले कोभिड –१९ सँग सम्बन्धित वेबसाइट पूर्णरुपमा सुचारु गर्न निर्देशन दिनुभयो ।
सरकारले कोरोनाभाइरससम्बन्धी सूचना सेन्सरशिप गर्दै लुकाएको आरोप लाग्दैआएको छ । अमेरिकापछि ब्राजिल कोरोनाभाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिली स्वास्थ्य मन्त्रालयले भने पछिल्लो २४ घण्टामा दर्ता गरिएको मृत्यु र सङ्क्रमितको सङ्ख्या मात्रै अद्यावधिक गर्ने प्रष्ट्याएको छ ।
ब्राजिलमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने सात लाखभन्दा बढी रहेको छ । साथै ३७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?