logo
२०८१ बैशाख ८ शनिवार



भारतमा संसदको बैठक बोलाउन भारतीय काँग्रेसका नेताको माग

अन्तर्राष्ट्रिय |


भारतमा संसदको बैठक बोलाउन भारतीय काँग्रेसका नेताको माग


नयाँ दिल्ली , जेठ २७ गते।
भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गर्नुभएको छ । भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गर्नुभएको हो ।
उहाँले भारतीय भूमिमा पछिल्लो चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गर्नुभएको हो ।नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताउनुभयो ।
चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताले गर्नुभएको हो । मंगलबार आफ्नो ट्वीट अकाउन्टमा उहाँले सो माग राख्नुभएको बताइएको छ । उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ ।

उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता विवाद पनि हुदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?