logo
२०८० चैत्र १६ शुक्रवार



फ्लोयड हत्याका शङ्कास्पद अभियुक्त चौभिनमाथि १२ लाख ५० हजार डलरको जमानत राशी कायम

अन्तर्राष्ट्रिय |


फ्लोयड हत्याका शङ्कास्पद अभियुक्त चौभिनमाथि १२ लाख ५० हजार डलरको जमानत राशी कायम


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २७ गते । अफ्रिकी मूलका अमेरिकी नागरिकको हत्याका शङ्कास्पद अभियुक्त पहिलो पटक अदालतमा उपस्थित भएका छन् । अदालतमा पहिलो पटक भएको सुनुवाईको क्रममा अभियुक्तमाथि १२ लाख ५० हजार अमेरिकी डलर जमानती राशी कायम गरिएको छ । अभियोजन पक्षले डेरेक चौभिनमाथि हत्या तथा नरसंहारको मुद्दा चलाएको छ । तीनजना अन्य अभियुक्तमाथि हत्यामा सहयोग गरेको तथा प्रोत्साहन गरेको आरोप लगाइएको छ ।
जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा मृत्युपछि सुरु भएको प्रदर्शन विश्वव्यापी बनेको छ । गोरा समुदायका प्रहरी अधिकारी डेरेक चौभिन अमेरिकाको मिनियापोलिसमा गत मई २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई नियन्त्रणमा लिएपछि गर्धनमा नौ मिनेटसम्म घुँडा राखेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त घटनापछि अमेरिकाको ४५ प्रमुख शहरमा दुई सातादेखि विरोध प्रदर्शन भइरहेको छ ।
घटनालगत्तै चौभिनसँगै तीन जना अन्य प्रहरी अधिकारी सेवाबाट बर्खास्त गरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?