logo
२०८० चैत्र १६ शुक्रवार



इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

अन्तर्राष्ट्रिय |


इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त


तेल अबिब, जेठ २७ गते ।
इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् ।
इजरायलले चर्चित कूटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार इजिप्टका लागि राजदूत नियुक्त गरेको छ । “सरकारले आज अमिरा ओरोनलाई इजरायलको तर्फबाट इजिप्टका लागि राजदूतको रुपमा नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ,” विदेशमन्त्री गावि अश्केनाजीले भन्नुभयो ।
उहाँलाई सो पदमा नियुक्त गरेपछि दुई देशको आपसी सम्बन्ध र कूटनीतिक क्षेत्रमा राम्रो नतिजा आउने अपेक्षा गरिएको पनि विदेशमन्त्री अश्केनाजीले बताउनुभयो । राजदूतमा नियुक्त ओरोनले अरबी भाषामा राम्रोसँग बोल्न सक्नुहुन्छ भने प्रभावशाली कूटनीतिज्ञका रुपमा लिइन्छ ।
उहाँलाई धेरै पहिला नै नियुक्त गर्नुपर्ने भएपनि सरकारभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ भएको जनाइएको छ ।
इजरायलको तर्फबाट इजिप्टमा यसअघि डेभिड गोर्भिन राजदूत हुनुहुन्थ्यो । उहाँ गत वर्ष सन् २०१९ को मेमै फर्किनुभएको थियो । त्यसपछि इजिप्टमा इजरायलको राजदूत पदमा नियुक्त हुन सकेको थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?