logo
२०८१ बैशाख १२ बुधवार



थाइल्याण्डका प्रधानमन्त्रीद्वारा श्रमिकलाई कामका लागि विदेशिने मनस्थिति बनाइराख्न आग्रह

अन्तर्राष्ट्रिय |


थाइल्याण्डका प्रधानमन्त्रीद्वारा श्रमिकलाई कामका लागि विदेशिने मनस्थिति बनाइराख्न आग्रह


बैङ्कक, जेठ २७ गते ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मनस्थिति बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गर्नुभएको छ ।
आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत सोमबार दिएको निर्देशनमा कोभिड–१९ को महामारीपछि विदेशमा जानेगरी आफूलाई तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गर्नुभएको छ । नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पार्नुभयो, “कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो सङ्ख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्नेगरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।”
प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भन्नुभयो, “थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।”
कोभिड–१९ को लडाइँमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ । थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्नेगरी माग हुने सङ्केत गरेको बताइएको छ ।
थाई सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?