logo
२०८१ बैशाख ८ शनिवार



एकैदिन एक लाख ३० हजार सङ्क्रमित, हालसम्म तीन लाख ९३ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


एकैदिन एक लाख ३० हजार सङ्क्रमित, हालसम्म तीन लाख ९३ हजारभन्दा बढीको मृत्यु


जेनेभा, स्वीटजरल्याण्ड
जेठ २३ गते। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ती लाख ९३ हजार २६४ पुगेको छ । सङ्क्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन्। । हाल विश्वभरीमा कोरोना भाइरस सङ्क्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।
मा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?