logo
२०८० चैत्र १५ बिहीवार



बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

अन्तर्राष्ट्रिय |


बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ


लण्डन, जेठ २० गते।
बेलायत र यूरोपेली संघ (ईयू) बीच मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ ।
लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई यस हप्ता गहन वार्ता गर्ने बताइएको छ । गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निश्कर्षमा पुग्न सकेको थिएन । वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स दुवै पक्षले एक आपसमा दोषारोपण गरेका थिए । बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका सयौँ वार्ताकारहरू सहभागी भै आफ्ना धारणा राख्ने बिषय नै यस चरणको वार्ताको प्रमुख बिषय हुने यूरोपेली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चौथो चरणको यो वार्तामा माछा मार्न पाउने अधिकारबारे हुने चार अलग–अलग सत्रमा छलफल हुनेछ भने शुक्रबार छलफलको समिक्षा गर्दै समाप्त हुनेछ । लण्डनबाट प्रकाशित हुने द गार्डियन पत्रिकाले आफ्नो मङ्गलबारको अङ्कमा उक्त टापूमा माछा मार्ने बिषयले बेलायतको अर्थतन्त्रको ०.१२ प्रतिशत योगदान गर्ने भन्दै यो बिषय ब्रेक्जिट छलफलमा पेचिलो बिषय बन्नसक्ने बताएको छ ।
बेलायतले सन् २०२० को जनवरी ३१ मा ईयूको सदस्यता अन्त्य गरेको थियो । यद्यपि ब्रसेल्सको नियम अनुसार डिसेम्बर ३१ सम्म सङ्क्रमणकालिन नियमहरूको पालना गरिरहने छ ।
बेलायती प्रधानमनत्री बोरिस जोनसनले बेलायतले यो वर्षको अन्त्यपछि सङ्क्रमणकालको अवधिलाई विस्तार गर्न
नचाहेको र विवादित विषयलाई त्यस अगावै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बेलायती प्रधानमन्त्री जोनसनले ईयू नेताहरूसँगको उच्चस्तरीय बैठक गर्नु पहिले यो वार्ता हुन लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?