logo
२०८१ बैशाख ६ बिहीवार



कोरोना भाइरसबाट विश्वमा ६० लाख ३५ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा ६० लाख ३५ हजार सङ्क्रमित


जेनेभा, स्वट्जरल्याण्ड
जेठ १७ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ । ६० लाख ३५ हजार ३५३ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ६ हजार १२६ हाल कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेका छन् ।
हालसम्म कोरोना भाइरस सङ्क्रमित ५३ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणले सबैभन्दा बढी प्रभाबित शक्ति राष्ट्र अमेरिका बन्न पुगेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख ४ हजार ५४२ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ८ लाख ३९८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा ३८ हजार १८५ को मृत्यु भएको छ । युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७२ हजार ५५९ को मृत्यु भएको छ ।
एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोना भाइरसकाृ सङ्क्रमण रहेको छ भने, २९ हजार ७५२ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३७ हजार ५४४ जनामा कोरोना भाइरसका )ित्रलपमत। तीन हजार ९४५ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ७९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?