logo
२०८१ बैशाख ७ शुक्रवार



पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान

अन्तर्राष्ट्रिय |


पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान


इस्लामावाद
जेठ १७ गते । कोभिड- १९ का कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस सङ्क्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो । तर शुक्रबारदेखि अन्य नियमित गतिविधिहरूमा पनि खुकुला पार्ने नीति लिएको छ । उक्त निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरूमा लगाएको प्रतिबन्ध पनि शुक्रबार रातिदेखि नै फुकुवा गरेको बताएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रबार रातिबाट उडान सुरु भएको हो । प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरूलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै सुरू गरिसकेको छ ।

पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू भएका समाचारमा जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो । यहाँबाट गरिने विदेशी उडानहरूका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

हरेक विमानलाई उडान सुरु गर्नुपूर्व स्यानिटाइज गर्ने तथा विमानस्थलमा भिडभाड नगर्नेलगायतका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरू अपनाउनुपर्ने नियम यहाँका उड्डयन अधिकारीहरूले बनाएका छन् । पाकिस्तानमा शनिबार बिहानसम्म कोभिड - १९ बाट करlब ६६ हजारभन्दा बढी जना सङ्क्रमित छन् भने एक हजार तीन सय बढीले ज्यान गुमाएका छन् । पाकिस्तानमा दैनिक रुपमा करिब तीन हजार नयाँ सङ्क्रमित थपिँदैआएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?