logo
२०८१ बैशाख ६ बिहीवार



पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्दै

अर्थ |
अन्तर्राष्ट्रिय |


पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्दै


इस्लामावाद, जेठ १६ गते।
पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । 'सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ', पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ । प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यसपहिले नै सुरू गरिसकेको छ ।
“संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू हुनेछन् । “ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,” सूचनामा भनिएको छ ।
सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ । जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायत कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् ।
पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या करिब ६४ हजार नाघेको छ । एक हजार ३१७ जनाको मृत्यु भएको छ । सङ्क्रमण फैलिरहँदा पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने पाकिस्तान पहिलो राष्ट्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?