logo
२०८० चैत्र १५ बिहीवार



पाकिस्तानमा एकैदिन एक हजार ४०० भन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा एकैदिन एक हजार ४०० भन्दा बढी सङ्क्रमित


इस्लामावाद
जेठ १४ गते। पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा सङ्क्रमितको संख्या ५९ हजार १५१ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ४४६ सङ्क्रमित थपिएका छन् ।
पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार २२५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । मङ्गलबार मात्र २८ जना सङ्क्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस सङ्क्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
सङ्क्रमितहरुमध्ये १९ हजार १२४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३८ हजार ७८४ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?