logo
२०८१ बैशाख ५ बुधवार



अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा


स्लामावाद, जेठ ११ गते । अफगानिस्तानमा तालिबान समूह र सरकारी पक्षले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागु हुनेगरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इस्लाम धर्मावलम्बीहरूकाे पवित्र महिना रमजानको समापनको अवसर पारेर मुस्लिम समुदायको बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । यसअघि पाकिस्तान सरकारले छ दिनका लागि बिदा दिने निर्णय गरेको थियो ।

तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दाबी गरिएको छ । अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका बिचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारौँको मृत्यु भइसकेको छ भने धेरै विस्थापित भएका छन् । दुवै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुसी व्यक्त गर्दै स्वागत गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्णरुपमा पालना गर्न आह्वान पनि गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप