logo
२०८० चैत्र १६ शुक्रवार



मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु
तस्विर बीबीसी


मेक्सिको, जेठ १ गते। मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोसाँधमा रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ ।
मदिरा सेवन गरेपछि ती मानिसहरू बान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरूले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरूले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ । गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?