logo
२०८१ बैशाख ७ शुक्रवार



इजरायलमा संयुक्त सरकारको गठन, बिहीबार शपथ लिने

अन्तर्राष्ट्रिय |


इजरायलमा संयुक्त सरकारको गठन, बिहीबार शपथ लिने
तस्विर-बीबीसी, प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र निर्वाचनमा उहाँका प्रतिस्पर्धी सैनिक नेता बेन्नी गान्ज मञ्च साझा गर्नुहुँदै


जेरूसेलम, वैशाख २९ गते।
इजरायलको नवगठित संयुक्त सरकारका मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम बुधबार नहुने भएको छ । सरकारले बुधबार नै ३६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गर्ने तयारी गरेको थियो ।
सोमबार इजरायली अधिकारीहरूले दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सरकार गठन पहिले नै इजरायल आउनुहुने भएको कारण सपथ कार्यक्रमलाई एक दिन पर सारिएको हो । इजरायली संसदका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान् प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र निर्वाचनमा उहाँका सशक्त प्रतिस्पर्धी सैनिक नेता बेन्नी गान्जको संयुक्त सरकारको गठन तथा सपथ ग्रहण बुधबारको सट्टा बिहीबार हुनेछ ।”
यद्यपि अमेरिकी विदेशमन्त्री पोम्पेओको भ्रमणका कारण सरकार गठन एक दिन पछि सरेको नेतन्याहुको लिकुद पार्टीका प्रवक्ताले एएफपीसँग बताउनुभयो ।
सरकारमा ३२ सदस्य रहने गरी लिकुद पार्टी र अर्को गठबन्धन दल ब्लु एण्ड ह्वाइट पार्टीबीच सहमति बनेको बताइएको छ । सरकारका मन्त्रीहरूको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना भाइरसको महामारीका कारण सिर्जित सङ्कटको समय अर्थात् पहिलो छ महिना सरकार विस्तार नगर्ने तर त्यसपछि आवश्यकता अनुसार सरकारमा केही सदस्य थप्नसक्ने गरी दुई प्रमुख दलबीच सहमति बनेको छ ।
प्रधानमन्त्री नेतन्याहुले नयाँ सरकारमा दक्षिणपन्थी दल यमिना पार्टीलाई सुरूमा नै ल्याएर ३६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गर्न गान्जसँग छलफल गरेको पनि बताइएको छ तर गान्जले महामारीका समय ठूलो सरकार गठन हुँदा नराम्रो सन्देश जाने भन्दै सानो मन्त्रीमण्डलका लागि पहल गरिरहेको बुझिएको छ ।
नेतन्याहुलाई आफ्नै दल लिकुद पार्टीमा मन्त्रीका आकांक्षीलाई मिलाउन कठिन भएको र यसका लागि केही ठूलो मन्त्रीमण्डलको चाहना राखेको इजरायली राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?