logo
२०८१ बैशाख ७ शुक्रवार



पत्रकारिता विधामा दिइने पुलित्जर पुरस्कारको घोषणा

अन्तर्राष्ट्रिय |


पत्रकारिता विधामा दिइने पुलित्जर पुरस्कारको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । अमेरिकी लेखक कोल्सन व्हाइटहेड एकै विधामा दुई पटक पुलित्जर पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । एकै विधामा दुई पटक पुलित्जर पुरस्कारबाट पुरस्कृत हुने उहाँ चौथो लेखक हुनुहुन्छ ।
‘द निकेल बोयज’का लागि अफ्रिकी मूलका अमेरिकी लेखक व्हाइटहेडलाई यसवर्षको काल्पनिक विधातर्फको पुलित्जर पुरस्कारबाट पुरस्कृत गरिएको हो । फ्लोरिडास्थित जुभेन्ली रिफर्म स्कुलमा अश्वेत अफ्रिकी मूलका छात्रले बेहोरेको रङ्गभेदी व्यवहारबारे उहाँले आफ्नो कृतिमा समेट्नुभएको छ । यसअघि सन् २०१७ मा काल्पनिक विधातर्फ ‘अण्डरग्राउन्ड रेलरोड’का लागि उहाँ पुरस्कृत हुनुभएको थियो । यसअघि बुथ टार्किग्टन, विलियम फौकनर र जोन ऊपडाइक मात्रै दुईपटक पुलित्जरको काल्पनिक विधाको पुरस्कार हात पार्नुभएको हो ।
कोरोनाभाइरसका कारण हप्तौंसम्म स्थगित भएको थियो । प्रमुख प्रशासक डेना कनेडीले सोमबार पुरस्कारको घोषणा भएको हो । उहाँले स्पेनिस फ्लुको संक्रमण सुरु भएको वर्षदिन अघि सन् १९१७ देखि पुरस्कारको घोषणा गरिएको उल्लेख गर्नुभएको छ । पत्रकार र लेखकलाई सम्मान गर्ने पुलित्जर पुरस्कार अमेरिकाको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो ।
न्युर्योक शहरको टयाक्सी उद्योगबारे अनुसन्धानमूलक समाचार रिर्पोट तयार गर्नुभएका ब्रायन रोजनथाललाई यसवर्षको अनुसन्धानमूलक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिनेछ ।
हङकङको विरोध प्रदर्शनको तस्विर सार्वजनिक गरेको रोयर्टसले यसवर्षको ‘ब्रेकिङ न्युज फोटोग्राफी’को पुरस्कारबाट पुरस्कृत भएको हो । त्यसैगरी, पुलित्जर समितिले पहिलोपटक अडियो रिर्पोटिङ्का लागि समेत पुरस्कृत गरेको छ ।
जोसेफ पुलित्जरको नाममा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा अनुसन्धानमूलक समाचार सामग्री प्रकाशन प्रशारण विभिन्न २० विधामा पुरस्कृत गरिदै आएको छ । प्रत्येक विधामा पुरस्कृत हुनेले १५ हजार अमेरिकी डलर र प्रशंसा पत्र पाउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?