logo
२०८० चैत्र १६ शुक्रवार



सार्वजनिक समारोहमा देखा परे किम जोङ

अन्तर्राष्ट्रिय |


सार्वजनिक समारोहमा देखा परे किम जोङ


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २० गते । उत्तर कोरियाली शासक किम जोङ–ऊन पछिल्लो तीन सातामा पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको छ । उत्तर कोरियाली सरकारी सञ्चार संस्था केसीएनएले तयार गरेको समाचारमा किम जोङ–ऊनले फित्र्ता काट्नुहुँदै एक उद्घाटन समारोहमा सहभागी हुनुभएको उल्लेख गरेको छ । उहाँ एक मलखाद उद्योगको उद्घाटन समारोहमा सहभागी हुनुभएको तस्वीर सार्वजनिक गरिएको छ ।
समाचारका अनुसार शुक्रबार उद्घाटन समारोहमा किम–जोङ अतिथिको रुपमा उपस्थित हुँदा अवसरमा सहभागीले खुशीयाली बाँडेका थिए । बीबीसीका अनुसार पछिल्लो पटक उहाँ १२ अप्रिलमा देखापर्नुभएको थियो । तर त्यसयता सार्वजनिक रुपमा देखा नपर्दा उहाँको मृत्युको आशंका गरिएको थियो । यद्दपी सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसीएनए)का अनुसार समारोहमा किम जोङसँगै उत्तर कोरियाली उच्च अधिकारी तथा उहाँकी बहिनि किम यो जोङ पनि उपस्थित हुनुहुन्थ्यो । उक्त अवसरमा किम जोङले आफू उद्योगको उत्पादन प्रणालीसँग सन्तुष्ट रहेको बताउनुहुँदै कोरियाली रसायन उद्योग र आहार उत्पादनमा उद्योगको योगदान प्रशंसनीय रहने उल्लेख गर्नुभयो ।
अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक किम सुङको जन्म वार्षिकोत्सव समारोहमा सहभागी नहुँदा उहाँको स्वास्थ्य अवस्थाबारे आशंका गरिएको थियो । उक्त अवसर उत्तर कोरियाको ठूलो अवसरमध्ये एक हो । बीबीसीले उत्तर कोरिया दैनिकलाई उद्धृत गर्दै किम जोङ–ऊनमा कार्र्डियो भास्कुलर(मुटु रोग) समस्याका कारण गत् अगष्ट महिना यता स्वास्थ्य समस्या देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?