logo
२०८१ बैशाख १४ शुक्रवार



बलुचिस्तान टाइम्सका प्रधान सम्पादक स्वीडेनमा मृत फेला

अन्तर्राष्ट्रिय |


बलुचिस्तान टाइम्सका प्रधान सम्पादक स्वीडेनमा मृत फेला
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १९ गते । पाकिस्तानको बलुचिस्तान टाइम्स दैनिकका प्रधान सम्पादक साजिद हुस्सैन स्विडेनको एक शहरमा मृत फेला परेका छन् । स्वीडेनका प्रहरीले उहाँको शव उपसालास्थित एक नदीमा फेला परेको पुष्टि गरेका छन् ।
प्रधान सम्पादक हुस्सैन मार्च महिनाको दुई तारेखदेखि स्वीडेनकै एक शहरबाट हराइरहेका थिए । ३९ वर्षीय साजिद सन् २०१२ मा पाकिस्तान छोडेर स्वीडेनमा शरणार्थीको रुपमा बस्दै आउनुभएको थियो । पाकिस्तानको सैन्य शक्तिको ठूलो दबाबमुनि बलुचिस्तानका नागरिकहरु बस्दै आएको भन्दै उहाँले त्यस विरुद्ध कलम चलाउँदै आउनुभएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

बलुच राष्ट्रिय अभियानका प्रवक्ता हम्माल हैदरले एएनआईसँगको कुराकानीमा बलुचिस्तान अभियानका एक प्रखर अभियानीको मृत्युको खबरले स्तब्ध र दुखि भएको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?