logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकाको लस एन्जलसमा निशुल्क कोविड १९ को परीक्षण गरिने

अन्तर्राष्ट्रिय |


अमेरिकाको लस एन्जलसमा निशुल्क कोविड १९ को परीक्षण गरिने


लस एन्जलस, वैशाख १८ गते ।संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोविड १९ भाइरस परीक्षण गरिने भएको छ ।
यसरी शहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ ।
उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिनुभएको हो । उहाँले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताउनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिनुभएको हो ।
उहाँले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?