logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकामा संक्रमित हुने दश लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


अमेरिकामा संक्रमित हुने दश लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या दश लाख नाघेको छ । कोभिड–१९ को संक्रमण सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्म अमेरिकामा दश लाख १२ हजार ५८३ जनामा संक्रमणको पुष्टि भएको छ ।
विश्वब्यापी रुपमा संक्रमितको संख्या ३१ लाख १७ हजार २०४ पुगेको छ । विश्वका कुल संक्रमितको एक तिहाइ अमेरिकामा मात्रै छन् । विश्वविद्यालयका अनुसार भारतमा समेत पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । बीबीसीका अनुसार भारतमा संक्रमित हुने ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुने एक हजार ८४० जना छन् । भारतमा मृत्यु हुनेको संख्या पनि एक हजार नाघेको छ ।
विश्वभरि मृतकको संख्या दुई लाख १७ हजार १९३ छन् । अमेरिकापछि इटालीमा सबैभन्दा बढी २७ हजार ३५९ जनाको मृत्यु भएको छ । स्पेनमा २३ हजार ८२२ जनाको संक्रमणले मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?