logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा करिब २८ हजार संक्रमित, ८७२ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा करिब २८ हजार संक्रमित, ८७२ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १५ गते । भारतमा कोभिड–१९ बाट संक्रमित हुने २७ हजार ८९२ पुगेको छ । पीटीआईका अनुसार कोभिड–१९ को संक्रमणले भारतमा हालसम्म ८७२ जनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितमध्ये २० हजार ८३५ जनामा भाइरस सक्रिय रहेको छ । छ हजार १८४ जना संक्रमित निको भई घर फर्केका छन् । कोभिड–१९ संक्रमितमध्ये करिब १११ जना विदेशी नागरिक छन् । सोमबार बिहानसम्म पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा मृत्यु हुने १९ जना छन् । महाराष्ट्रमा सबैभन्दा बढी ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रमै कोभिड–१९ को कुल संक्रमितको करिब एक तिहाइ संक्रमित छन् । पीटीआईका अनुसार भारतको आर्थिक राजधानी महाराष्ट्रमा आठ हजार ६२ जना संक्रमित छन् । गुजरातमा तीन हजार ३०१, नयाँ दिल्लीमा दुई हजार ९१८, राजस्थानमा दुई हजार १८५ तथा मध्यप्रदेशमा दुई हजार ९६ जना संक्रमित छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?