logo
२०८१ बैशाख ७ शुक्रवार



साऊदी अरबको मक्का र मदिनामा २४ घण्टे कफर््यु घोषणा

अन्तर्राष्ट्रिय |


साऊदी अरबको मक्का र मदिनामा २४ घण्टे कफर््यु घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । साऊदी अरबले इस्लाम धर्माबलम्बीको पवित्र स्थल मक्का र मदिना क्षेत्रमा चौबिस घण्टे कफर््यु लगाएको छ । साऊदी अरबले कोरोना भाइरस संक्रमण विरुद्ध सावधानी अपनाउन कफर््यु लगाएको जनाएको छ ।
साऊदी अरबको आन्तरिक मन्त्रालयका अनुसार मक्का र मदिना दुबै शहरभित्र प्रवेश र बर्हिगमनमा पूर्ण प्रतिबन्ध लगाइएको हो । सिन्हवाका अनुसार सरकारी कर्मचारी तथा केही महत्वपूर्ण नीजि क्षेत्रका कर्मचारीमा उक्त प्रतिबन्ध लागू हुने छैन् । दुबै शहरका छिमेकका सर्वसाधारणलाई बिहान छ बजेदेखि अपरान्ह तीनबजेसम्म उपभोग्य तथा औषधीय सामग्री खरिदका लागि छुट दिइनेछ ।
साऊदी अरबको स्वास्थ्य मन्त्रालयका अनुसार साऊदी अरबमा बिहिबार कोरोना भाइरसका १६५ जना नयाँ संक्रमित र पाँचजनाको मृत्यु र ६४ जना निको भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?